खेर गयो ‘फस्ट फ्लस’ कोरोना भाइरसको जोखिमका कारण झापाको गिरि बन्धु चिया कमान बिर्तामोडमा हुर्किएको चियाको फस्ट फ्लस (पहिलो टिपाइ) । प्रदेश –१को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले लकडाउनकै समयमा चिया टिप्न सुरु गरेर प्रशोधन थाल्न आवह्न गरे पनि पूर्वका उद्योगीले तत्कालै पूर्ण रुपमा चिया उद्योग सञ्चालन गर्न नसक्ने भन्दै बगान सञ्चालन नगरेसँगै चियाको पहिलो टिपाई बगानमा नै खेर गइसकेको छ । चियाको पहिलो पत्ती ‘फस्ट फ्लस’ गुणस्तरीय मानिन्छ । नेपालमा प्रत्येक वर्ष फस्ट फ्लस चिया २५देखि ३० लाख केजी उत्पादन हुन्छ । हरेक वर्ष फस्ट फ्लस चिया तराईमा फागुन र पहाडी जिल्लामा चैतदेखि टिप्न सुरु गरिन्छ । तस्बिर ः मनिषा चम्लागाईँ ।