बिर्तामोड, चैत ३० । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा राहत व्यवस्थापन कोष दोब्बर भएको छ ।

नगरपालिकाले स्थापना गरेको ५० लाखको राहत कोषमा त्यसको दोब्बर बढी रकम जम्मा भएको हो । आजसम्म सो कोषमा १ करोड ५ लाख ५ हजार ३५१ रुपैयाँ जम्मा भएको देखिन्छ । ५० लाखबाट स्थापना गरिएको कोषमा जनप्रतिनिधिको तलब भत्ता ७ लाख २३ हजार ६९०, कर्मचारीको तलब ११ लाख ३६ हजार ४४,विभिन्न सहकारीबाट १७ लाख ४६ हजार ६१७, अन्य दाताहरुबाट ९ लाख ३८ हजार ,तीनवटा सहकारीबाट वस्तुगत सहायता ३ लाख ५ हजार र अन्य संस्थाबाट ४ लाख बराबरको वस्तुगत सहायता सहयोग मिलेको नगरपालिकाले जनाएको छ ।

सो राहत कोषबाट नगरभित्रका ६ हजार ९६० विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने कार्य आज सम्पन्न भएको नगर प्रमुख धु्रवकुमार शिवाकोटीले बताए । उनले अब दोस्रो चरणको राहतको तयारी थालिएको जानकारी दिए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्