बिर्तामोड , चैत ३० । समाजसेवी एवं व्यवसायी युवराज प्रसाईँले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा राहत व्यवस्थापन कोषमा ब्यक्तिगत तर्फबाट २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

बिर्तामोड—५ निवासी प्रसाईँले बिर्तामोड नगरपालिकाको राहत कोषमा त्यति धेरै रकम सहयोग गरेका हुन् । निजी तवरबाट गरिएको यो आर्थिक सहयोग अहिलेसम्मकै धेरै भएको नगरपालिकाले जनाएको छ । आज बिर्तामोड नगरपालिकाको कार्यालयमा पुगेर उनले सो रकमको चेक नगर प्रमुख ध्रुबकुमार शिवाकोटीलाई हस्तान्तरण गरे ।

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत रहेका प्रसाईँले कोरोनाको महामारीका कारण गरिव विपन्नहरुको चुल्हो निभ्ने अबस्थामा पुगेकाले त्यसलाई मध्यनजर गरी आफूले सानो सहयोग गरेको बताए । उनले अहिलेको भयावहतालाई सबैले मिलेर समाधान गर्न आबश्यक भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्