काँकरभिट्टा, चैत ३० । मेचीनगर नगरपालिकाको राहत व्यवस्थापनको कोषमा नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको तलब भत्ता वापतको रकम जम्मा गर्ने भएका छन् ।
झापाका १५ वटा स्थानीय तहमध्ये जनसंख्या र भौगोलिक दृष्टिकोणले सबैभन्दा ठूलो मानिएको मेचीनगर नगरपालिकामा १५ वटा वडा रहेका छन् । नगर प्रमुख,उप प्रमुख,वडाध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सदस्यसहित मेचीनगर नगरकार्यपालिकामा रहेका कुल ८० जना जनप्रतिनिधिहरुले बैशाख महिनामा आफूहरुले प्राप्त गर्ने सबै सेवा सुविधा वापतको रकम कोषमा जम्मा गर्ने निर्णय भएको नगर प्रमुख विमल आचार्यले बताए । जनप्रतिनिधिहरुले चैत महिनाको सबै सेवा सुविधा प्राप्त गरिसकेका कारण बैशाख महिनाको सेवा सुविधा वापतको रकम जम्मा हुनेछ ।
ए
क महिनाको तलब भत्ता बापत १० लाख ५० हजार ३ सय ९० रुपैयाँ खातामा जम्मा हुने उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिइन् ।