झापा , बैशाख १ । काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयघात, मिर्गौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ ।
आज काठमाडौँ महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गर्दै यस्तो सेवा सञ्चालन गर्ने जानकारी दिएको हो । काठमाडौँ महानगरपालिकाका तर्फबाट प्रशासन विभाग प्रमुख नमराज ढकाल र संयुक्त एम्बुलेन्स चालक संघका तर्फबाट अध्यक्ष गोवद्र्धन सापकोटाले संयुक्तरुपमा हस्ताक्षर गरेको सम्झौता अनुसार अब लकडाउन अवधिभर पाँच वटा एम्वुलेन्सले २४ सै घण्टा सेवा दिनेछन् । त्यसका लागि एम्बुलेन्स सेवालाई काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग गर्नेछ ।
लकडाउनको समयमा हृदयघात, मिर्गौला रोगीलगायतका महानगरबासीहरुलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।
‘