झापा, बैशाख १ । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई कोरोना पोजेटिभ देखिएको छ ।
र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा उनीहरुलाई कोरोना पोजिटिभ देखिएको हो । प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीन जनालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।
उनीहरुको पीसीआर गर्नका लागि पठाइएको छ । स्रोतका अनुसार उक्त परिवार चैत ५ गते लण्डनबाट फर्किएको थियो । अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै सिल गरी बिल्डिङमा बसेका सबैलाई घरभित्रै बस्न आग्रह गरिएको छ ।