झापा , वैशाख २ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि छिमेकी राष्ट्र भारतमा १९ दिन लकडाउन थपिएको छ ।

मंगलबार भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गरेको गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन थपिएको जानकारी गराए । यसअघि भारतले गरेको तीन हप्ते लकडाउन भोलि बुधबार सकिँदै छ ।

देशमा जारी लकडाउन थप्ने कि नथप्ने विषयमा प्रधानमन्त्रीले देशका कोरोना प्रभावित विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै आइरहेका थिए । उनलाई कोरोना प्रभावित राज्यका मुख्यमन्त्रीले लकडाउन अझै जारी राख्नुपर्ने सुझाव दिएका थिए ।

पछिल्लो समय भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ । अहिलेसिम्म भारतमा कोरोना भाइरसका कारण ३५८ जनाले ज्यान गुमाएका छन् भने १० हजार ४५३ जना संक्रमित भएका छन् । सोमबार मात्रै भारतमा २७ जनाको मृत्यु भएको छ भने १ हजार २४८ जना थप नयाँ संक्रमित फेला पेरका छन् ।

नेपालमा पनि आजै मन्त्रिपरिषदको बैठक बस्दै छ । नेपाल सरकारले लकडाउनलाई फेरि लम्ब्याउने तयारी गरिरहेको छ । यदि नेपालले लकडाउन नथपे भारतीय नागरिक नेपाल भित्रिने प्रवल सम्भावना रहेको छ ।

नेपाल र भारत दुवै देशमा लकडाउन भएको बेला नै नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ । यदि नेपालले लकडाउन नबढाउने हो भने धेरै भारतीय नागरिक थपियोनेपाल भित्रिने देखिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्