झापा , बैशाख २ । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका ३ जनामध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८१ वर्षकी महिला र ५८ वर्षका पुरुषको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको छ । बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि पीसीआर टेस्ट मार्फत पुन परीक्षण गरिएको थियो ।

अर्का एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । उनीहरुलाई पोजेटिभ देखिएपछि अपार्टमेन्टमा बस्ने सबै व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको र निजहरूसंग संलग्नहरूको ट्रेसिङ सुरू भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्