झापा , बैशाख २ । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका ३ जनामध्ये २ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
मन्त्रालयका अनुसार अपार्टमेन्टमा बस्दै आएका तीन जनामा कोरोना भाइरसको शंका भएसँगै थप पुष्टिका लागि सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकामध्ये एक ५८ वर्षिय पुरुष र अर्की ८१ वर्षिया महिला रहेको मन्त्रालयले जनाएको छ । पीसीआरबाट थप परीक्षण गर्दा समेत उनीहरूको पोजेटिभ रिपोर्ट देखिएको हो ।
बाँकी १ जनाको हालको परीक्षणमा कोभिड—१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू यसअघि टाउन प्लानिंङस्थित निवासमा बसोबास गर्दै आएको मन्त्रालयले जनाएको छ । उनीहरूलाई सोमबार नै पाटन अस्पतालमा भर्ना गरिएको थियो ।
मन्त्रालयले उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परीक्षण आजैबाट सुरू गरिएको पनि जनाएको छ । त्यहाँ देखिए संक्रमितहरूसँग संलग्नहरूको ‘ट्रयासिङ’ गर्न पनि सुरू भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्