झापा, बैशाख २ । धादिङको ज्वालामुखी गाउँपालिकामा १ जनाको कोरोना र्यापिड परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

मंगलबार गाउँपालिकामा भारत लगाएत मुलुकबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरुको र्यापिड टेस्ट (आरडीटी किट) बाट कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो । ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले र्यापिड परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिए ।

२७ वर्षिय युवक दक्षिण कोरिया बसेर गत फागुन २१ गते घर फर्किएको र उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो ।

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आरडीटी किटबाट पोजेटिभ देखिएका व्यक्तिलाई पुन पिसिआर परीक्षणका लागि सबैको नमूना संकलन गरेर काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने तयारी भईरहेको जानकारी दिए । उनले उक्त युवा आएको विमानको पहिचान तथा अन्य विस्तृत विवरणको खोजी भईरहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्