झापा, वैशाख ३ । वैदेशिक रोजगारबाट फर्केर होम क्‍वारेन्टाइनमा रहेका चितवन रत्ननगरका एक व्यक्तिको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार ती व्यक्तिलाई आइसोलेसनमा राखिएको छ । उनको स्वाब परीक्षणका लागि भरतपुरको प्रयोगशालामा पठाइएको छ ।
‘कोरियाबाट फर्केका एक व्यक्तिको आरडीटी गर्दा पोजिटिभ नतिजा आएको हो। हामीले स्वाब निकालेर पीसीआरबाट पनि थप पुष्टि गर्दैछौं। त्यसैले अहिल्यै थप कुरा केही भन्‍न सकिने अवस्था रहेन,’ तिवारीले भने।

चितवनमा होम क्‍वारेन्टाइनमा बसेका साढे ६ सय जना रहेका छन्। तीमध्ये होम क्‍वारेन्टाइनमा बसेको १७ दिन पार गरेकाहरुको आरडीटी सुरु भएको छ। शनिबारदेखि आरडीटी सुरु भएकोमा बुधबार एकजनाको नतिजा पोजिटिभ देखिएको हो।

चितवनमा ७ सयजनाको आरडिटी गर्ने तिवारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्