बिर्तामोड
झापाको हल्दिवारीका एक युवालाई करोना नभएको पुष्टि भएको छ । बुधबार बेलुका ८ः३०म आएको रिपोर्टमा ¥यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएपछि पीसीआर परीक्षणमा गर्न रिपोर्ट नेगेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन तथा जिल्ला विपद व्यवस्थापन समिति सहायता कक्षका सचिव जीवन चौलागाईँले प्रतिदिनलाई जानकारी दिए ।
दुबइबाट एक महिना अघि नेपाल आएका हल्दीवारीका ३० वर्षीय युवाको बुधवार गरिएको ¥यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि पीसीआर परीक्षणका लागि स्वाब कोशी अञ्चल अस्पतालमा पठाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्