झापा , बैशाख ५ । अमेरिकामा कोरोना भाइरस (कोभिड—१९) का कारण चारजना नेपाली भाषीको मृत्यु भएको छ ।

बिहीबार बिहान न्युयोर्कमा ७० वर्षका महेश अमात्यको जमाइका अस्पतालमा मृत्यु भएको हो । त्यस्तै अमेरिकाको कोलोराडोमा एक, न्युयोर्कमा एक महिला र आयोवामा एक पुरूष गरी तीन नेपाली भाषी भूटानी शरणार्थीको कोभिड– १९ बाट मृत्यु भएको हो । कोलोराडोमा मृत्यु हुने महिलाको परिचय खुलाइएको छैन। न्युयोर्कमा निधन हुने इन्द्र भुजेल हुन् भने आयोवामा निधन हुने बीरमान सुब्बा हुन् । सत्तरी वर्षका सुब्बा भूटानको टेन्डुमा जन्मेका हुन् । उनी नेपालको टिमाई शिविरमा बसेका थिए भने सन् २०१६ देखि आयोवाको सेडार र्यापिड्समा बस्दै आएका थिए ।

यसअघि कोभिड–१९ का कारण अजय छोचुन, थोक्मे बिष्ट, सोनाम लामा, निमा टेम्बा शेर्पा, पवनकुमार मल्ललगायतको मृत्यु भइसकेको छ । नेपाली मूलका मानिसको बाक्लो बसोबास भएका क्विन्स र ज्याक्सन हाइट्समा कोभिड–१९ को संक्रमण धेरै छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्