दमक,५ बैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न सघाउँ पुर्याउने उद्देश्यले झापा दमकका एक प्रसाई दम्पत्तिले करिव १ लाख २० हजार मूल्य वरावरको स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

दमक उद्योग बाणिज्य संघ दमकका पूर्व अध्यक्ष प्रकाश प्रसाईं र उनकी श्रीमती नेपाल महिला संघकी क्षेत्रीय सभापति रेगिना भट्टराई प्रसाईंले स्थानीय स्वास्थ्य संस्था, प्रहरी र सञ्चारकर्मीलाई स्वास्थ्य सतर्कतास्वरुप उपयोग हुने स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेका हुन् ।
दमक— ६ मा रहेको दर्पण बचत तथा ऋण सहकारी संस्थासंगको सहकार्यमा आज एक कार्यक्रम गरी प्रसाई दम्पत्तिले ती सामग्री हस्तान्तरण गरे ।
कोरोनाको संक्रमणबाट बच्नको लागि कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र प्रहरीलाई पिपिईसहितका स्वास्थ्य सामग्री र कोरोनाको जोखिममा पनि नागरिकलाई सही सूचना उपलब्ध गराउन खटिने सञ्चारकर्मीहरुलाई सेनिटाईजर, पञ्जा र मास्क उपलब्ध गराएका हुन् ।
सहकारीको तर्फवाट ५० हजार र सहकारीकी अध्यक्षसमेत रहेकी रेगिनाले आफ्नो परिवारका तर्फवाट थप ७० हजार खर्चिएर ती सामग्री वितरण गरेका थिए ।
दातावाट उपलव्ध ती स्वास्थ्य सामग्री दमकको सरकारी दमक अस्पतालसहित एड्भान्स, लाईफलाईन, ओम मेची, नमस्ते, निम्स, आम्दा र दमक हस्पिटललाई तीन–तीन सेट पिपिई, माक्स, पञ्जा ,सेनिटाइजर प्रदान गरिएको थियो । त्यस्तै ईलाका प्रहरी कार्यालय दमक र सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा गुल्मलाई ५–५ पिस पिपिई, मास्क, पञ्जा र सेनिटाईजर र ट्राफिक प्रहरी कार्यालय दमकलाई ३ सेट पिपिईसहित मास्क, पञ्जा र सेनिटाईजर उपलब्ध गराईएको छ ।

त्यसैगरी नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकलाई पनि दुई सेट पिपिई सहितका सामग्री वितरण गरिएको दमक उद्योग बाणिज्य संघ पूर्वअध्यक्ष प्रसाईंले जानकारी दिए । त्यस्तै दमकको बेलडाँगीमा रहेको सशस्त्र प्रहरीलाई पनि ती स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराईएको उनले बताए ।
दमकको सरकारी अस्पतालमा स्वास्थ्य सुरक्षा बिना काममा स्वास्थ्यकर्मीहरु खटिएको देखेर आफ्नो तर्पmबाट सानो सहयोग उपलब्ध गराएको महिला नेतृ प्रसाईंले बताईन् ।
स्वास्थ्य सामग्री वितरण कार्यक्रममा नमस्ते अस्पतालका डाक्टर बेदनिधि खतिवडाले कोरोना संक्रमण नियन्त्रणको लागि सबैभन्दा उत्तम उपाय भनेकै व्यक्तिगत दुरी कायम राख्नु पर्ने भएकोले लकडाउनलाई पूर्ण रुपमा पालना गर्नु पर्ने उल्लेख गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्