बिर्तामोड,बैशाख ५ । नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले विपन्न अवस्थाका ३३ जना मजदुरलाई खाद्य सामग्री वितरण गरेका छन् । लकडाउनका कारण कामविहीन भएका मजदुरलाई उनले चामल वितरण गरेका हुन् ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि दैनिक काम गरेर खानेहरु समस्यामा छन् । उनीहरुको समस्यालाई बुझेर चामल वितरण गरिएको महासंघका निवर्तमान अध्यक्ष भट्टराई बताउँछन् । गोदाममा अलैँची प्रोसेसिङ गर्दै आएका कामदारलाई लकडाउनले समस्या भएपछि अलैँची व्यवसायी भट्टराईले प्रतिकामदार २५ किलोका दरले चामल वितरण गरेका हुन् ।

‘काम रोकिएपछि उनीहरु संकटमा परेको अवस्था देखियो’, व्यवसायी भट्टराईले भने, ‘उनीहरु भोकै पर्न लागेपछि तत्कालका लागि चामलको व्यवस्था गरेको छु ।’ उनले ३३ जना कामदारलाई चामल वितरण गरिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्