झापा,५ बैशाख । उदयपुरमा ८ जनामा पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ ।

त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको प्रदेश नम्वर १ सामाजिक विकास मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । सरकारले यसको आधिकारीक घोषणा गरिसकेको छैन ।

भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वास्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो । स्रोतका अनुसार स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएकोमा आठ जनाको रिपोर्ट पोजेटिभ भेटिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्