भद्रपुर, ५ बैशाख । झापा सदरमुकामस्थित चन्द्रगढी क्षेत्रमा हाट बजार व्यवस्थापन गर्न प्रहरी प्रशासन असफल हुँदा कोरोना संक्रमण फैलने त्रास बढ्दै गएको छ ।

सोमवार र शुक्रवार साप्ताहिक लाग्ने हाटबजार भित्रका टहरामा प्रहरीले भीडभाड रोके पनि बाहिरका सडकमा जताततै किनबेच गर्ने अवस्थालाई नियन्त्रण गर्न नसक्दा कोरोना संक्रमण फैलने त्रास बढ्दै गएको हो ।

व्यापारीहरूले साविकका टहराबाट बिक्रीवितरण गर्न नपाएपछि बजार दक्षिण वीरेन्द्र माध्यमिक विद्यालय आसपासका मूल सडक तथा भित्री सडकहरूमा भीडभाड बनाएर बिक्री वितरण गरिरहेपनि प्रहरी प्रशासनको ध्यान पुग्न सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्