झापा, ६ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या झन् बढ्दै गएको छ ।

शुक्रबार मात्र त्यहाँ एकैदिन हालसम्मकै सर्वाधिक २५ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।यो समाचार तयार गर्दासम्म अमेरिकामा कोरोना भाइरसका कारण ३७ हजार १५८ मानिसको ज्यान गइसकेको छ । शुक्रबार (पछिल्लो २४ घण्टामा) मात्रै त्यहाँ २ हजार ५३५ जनाको मृत्यु भएको वल्डमिटर्सले जनाएको छ । शुक्रबार ३२ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । यससँगै अमेरिकामा कोरोना संक्रमतिको संख्या ७ लाख १० हजार २१ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा बिहीबार अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या कम देखिएको थियो । बिहीबार दिनभरि अमेरिकामा २ हजार १७४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो भने २९ हजार ५६७ नयाँ संक्रमित थपिएका थिए । यससँगै ६० हजार ५१० संक्रमित चाहिँ पूर्णरुपमा निको भइसकेको जनाइएको छ । त्यहाँको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै शुक्रबार हालसम्मकै बढी १ हजार २५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यससँगै न्यूयोर्कमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ हजार १३१ पुगेको छ । त्यहाँ कुल संक्रमित २ लाख ३३ हजार ९५१ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्