भद्रपुर , बैशाख ६ । आफूलाई आर्मी बताउँदै लाखौं ठगी गर्दा पक्राउ परेका भद्रपुर— १० बस्ने राजकुमार राउत कारागार चलान भएका छन् ।

‘मेसमा किनेको सामानहरु बिक्री गर्नु छ, म सामान सस्तोमा दिन्छु’ भन्दै पसलेहरुलाई प्रलोभनमा पारी रकम ठगी गर्दै हिड्ने सप्तरीको साविक दौलतपुर —१ बाट वसाई सराई गरी भद्रपुर १० मिलनचौकमा बस्ने ४६ वर्षिय राउतलाई चैत ६ गते काँकरभिट्टा प्रहरीले पक्राउ गरेको थियो । उनले चारआलीका डाकबहादुर राईलगायत धुलावारी, बिर्तामोड र भद्रपुरमा समेत गरी १० जनालाई ५७ लाख ८६ हजार रुपैयाँ ठगी गरेका थिए ।

पक्राउ परेका राउतसँग झापा जिल्ला अदालतले ६२ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो । सो धरौटी बुझाउन नसकी उनी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीमाथि मोरङ, सुनसरी, उदयपुरलगायतका विभिन्न जिल्लाहरुमा समेत मुद्दा दर्ता भएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्