भद्रपुर, बैशाख ६ । राजन गिरी र सुरज बिश्वासले शहादत्त प्राप्त गरेको दिन ।

शाही सत्ताको बिरुद्धमा भएको जनआन्दोलनका क्रममा २०६३ बैशाख ६ गते आजकै दिन सदरमुकाम चन्द्रगढीमा सुरक्षाकर्मीहरुको गोली लागेर राजन र सुरजले शहादत प्राप्त गरेका थिए । १४औँ सुरज —राजन स्मृति दिवसमा उनीहरुप्रति श्रद्धाञ्जली ब्यक्त गरिएको छ । भद्रपुरमा रहेको सुरजको शालिकप्रति उनका माता मिनु विश्वास, समिति अध्यक्ष गोपाल मण्डल , नगर प्रमुख जीवनकुमार श्रेष्ठ ,पूर्व सांसद पुष्पराज पोखरेल,प्रदेश सांसद बसन्त बानिया,उप प्रमुख चन्द्रा श्रेष्ठलगायतले सुरजको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका थिए । त्यस्तै कन्काई नगरपालिकामा रहेको राजनको शालिकमा पनि माल्यार्पण गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्