झापा, बैैशाख ७ । शनिबार एक कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५ वर्षीय एक पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

शनिबार कोरोना देखिएका युवक उदयपुरको त्रियुगा नगरपालिका—३ भुल्केस्थित नुरे मस्जिदमा बसेका भारतीय नागरिक हुन् । शुक्रबार मात्र उक्त मस्जिदमा बसेका ११ भारतीय र एक नेपालीमा कोरोना पुष्टि भएको थियो । योसँगै उदयपुरमा मात्र कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ । शुक्रबार एकैदिन उदयपुरमा १२ र चितवनमा दुई गरेर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार अहिलेसम्म संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमितमध्ये २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अन्य तीनजना भने निको भएर डिस्चार्ज भएका छन् ।

शनिबार बाग्लुङको धौलागिरी अस्पतालमा १८ दिन उपचारपछि ६५ वर्षीया महिला डिस्चार्ज भएकी छन् । त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २७ दिन लामो उपचार गराएकी काठमाडौंकी १९ वर्षीया युवती निको भएर डिस्चार्ज भएकी छन् । नेपालको पहिलो कोरोना संक्रमित विरामी एक युवक भने गत माघमै निको भएर डिस्चार्ज भएका थिए ।
कोरोना संक्रमित २८ जनामध्ये १२ जनाको विराटनगरस्थित कोरोना अस्पताल, पाँचको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, चारको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार हुँदैछ । अन्य सात जनामध्ये एकको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु र ६ जनाको पाटन अस्पताल लगनखेल, धौलागिरी अस्पताल, बागलुङ र भरतपुर कोभिड–१९ डायग्नोस्टिक प्रयोगशाला, चितवनमा दुई—दुई जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्