भद्रपुर, ७ बैशाख । नेपाली कांग्रेस भद्रपुर ९ नम्वर वडा समितिले वडाका अति विपन्न परिवारका लागि ६९० केजी चामल वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।

वडा सभापति गोपालप्रसाद श्रेष्ठको नेतृत्वमा महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, वडा समितिका सचिव वीरेन्द्र मल्ल, अग्रज व्यक्तित्व लावन्य पोखरेल, राजेन्द्र रिजाल, पार्वती मल्ललगायतको टोलीले कार्यवाहक वडाध्यक्ष राम दाहाल तथा वडा सदस्य नेत्रप्रसाद पौडेल नुतनलाई ३३,५००।— रूपैयाँ बराबरको चामल हस्तान्तरण गरेको हो ।

नेपाली कांग्रेसमा आस्था राख्ने दानवीर दाताहरूबाट संकलित रकमले विपन्न वडावासीको गाँस जुटाउन सहयोग पुर्याउने उद्देश्यले चामल खरिद गरेर वडा कार्यालयलाई हस्तान्तरण गरिएको राहत सहयोगका अभियन्ता चेतनाथ भट्टराईले जानकारी दिए । पहिलो चरणको राहत वितरण गरिसकेको सो वडामा ५ सय ५ परिवार अति विपन्नको सूचिमा छन् । दोश्रो चरणमा खाद्यान्न अभाव हुने विपन्न नागरिकको संख्या बढ्ने देखिएपछि वडा कार्यालयले दाताहरूलाई सहयोग गरिदिन अनुरोध गरेको छ । सोही अनुरोध अनुसार कांग्रेसले खाद्यान्न सहयोग गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्