बिर्तामोड (प्रस) मेचीनगरमा सञ्चालनमा आएको मेची अभियानलाई झापा क्षेत्र न– १ काठमाडौं सम्पर्क समितिले ४० हजार रुपैयाँ सहयोग गरेको छ । सम्पर्क समितिको तर्फबाट सचिव पदम निरौलाले सो रकम बराबरको चेक मेची अभियानका संयोजक बिजय डालमियालाई आइतबार हस्तान्तरण गरे ।
विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनले दैनिक ज्यालादारी गर्ने, आयस्रोत निम्न भएका अति विपन्न परिवारलाई सहयोग पु¥याउने उद्देश्यले संस्थाको तर्फबाट सक्दो सहयोग गरेको सचिव निरौलाले बताए ।
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनका कारण विपन्न, दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने परिवारलाई राहत वितरणदेखि अन्य आवश्यकीय सहयोग गर्नका लागि मेची अभियानलाई विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग उपलब्ध गराइरहेका छन् । मेची अभियान मार्फत सहयोग गर्नका लागि देश तथा विदेशमा रहेका दाताहरुबाट अहिले सम्म ३ लाख ३६ हजार ५१० रुपैयाँ सहयोग स्वरुप संकलन भइसकेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्