सुरुङ्गा, बैशाख ७ । लकडाउनको मौका छोपी चोरी गरी लुकाएर राखेको काठ प्रहरीले बरामद गरेको छ ।

आज बिहान कनकाई नगरपालिका —४ बस्ने योगेन्द्र दंगालको घरमा सखुवा जातको चिरान काठ लुकाइराखेको अबस्थामा प्रहरीले बरामद गरेको हो । त्यहाँबाट अन्दाजी १५ किवि काठ बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका सुरुङ्गा र कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाको संयुक्त टोलीले सो काठ बरामद गरी कनकाई सब डिभिजन बन कार्यालयमा बुझाएको प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्