बिर्तामोड, बैशाख ८ । बिर्तामोड नगरपालिकाले लकडाउनमा अत्यावश्यक पसल खोल्ने समय परिवर्तन गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष बिर्तामोड नगरपालिकास्तरीय समितिको आइतबार बसेको बैठकले अत्याबश्यक पसल खोल्ने समय बिहान ८ देखि ११ बजेसम्म तोकेको नगरपालिकाका नायव सुब्बा मेघराज बास्तोलाले बताए । यसअघि बिर्तामोडमा खाद्यान्न पसल दिउँसो १२ बजेदेखि ३ बजेसम्म मात्र खोल्न पाइने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्