झापा, ८ बैशाख । विश्वमा कोरोना भाइरस (कोभिड—१९) बाट संक्रमित हुनेको संख्या २४ लाख नाघेको छ ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वल्ड मिटर्स डट इन्फोका अनुसार सोमबार बिहानसम्म कोरोना संक्रमितको संख्या २४ लाख ६ हजार ९०५ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र मात्रै ७५ हजार बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६ लाख १७ हजार १३ जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले १६ लाख २४ हजार ८२३ जनामा भने कोरोना सक्रिय रहेको छ । तीमध्ये ५४ हजार २१८ जनाको अवस्था भने गम्भीर रहेको छ । अहिलेसम्म विश्वभर कोरोना भाइरसका कारण १ लाख ६५ हजार ५८ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाको उद्गमस्थल चीन भएपनि सबैभन्दा बढी अमेरिकामा कोरोनाको संक्रमण भएको छ । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ७ लाख ६३ हजार ८३६ रहेको छ । आइतबार मात्रै अमेरिकामा २५ हजार बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ७१ हजार १२ जना भने पूर्णरूपमा निको भएका छन् । कोरोनाका कारण मृत्यु हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका नै छ । कोरोनाका कारण अहिलेसम्म अमेरिकामा ४० हजार ५५५ को मृत्यु भइसकेको छ । त्यहाँ आइतबार मात्रै १ हजार ५३४ को मृत्यु भएको वल्ड मिटर्सले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्