बिर्तामोड , वैशाख ८ । झापा बिर्तामोडको जामे मस्जिद मुनोरवामा बस्दै आएका ९ जना भारतीय धर्मगुरुलाई क्वारेन्टाइनमा पठाइएको छ ।

उनीहरुलाई नेपाली सेनाले रेखदेख गरिरहेको भद्रपुर नगरपालिकाको कलवलगुडी क्वारेन्टाइनमा राखिएको छ ।स्थानीयले मस्जिदमा रहेकाहरुबाट कोरोना संक्रमण फैलन सक्ने भन्दै असन्तुष्टि जनाएपछि बिर्तामोड नगरपालिकाको पहलमा क्वारेन्टाइनमा लगिएको हो । आइतबार क्वारेन्टाइनमा लगिएका सबैको आरडीटी परीक्षण गरिएको र सबैको नेगेटिभ रिपोर्ट आएको बिर्तामोड नगरपालिकाका कोरोना संक्रमण रोकथाम संयोजक ओम खड्काले जानकारी दिए ।

त्यसैगरी दमक नगरपालिका –६ को सुन्नी जामे मस्जिदमा बस्दै आएका ११ भारतीय धर्मगुरुसहित १४ को आरडीटी परीक्षण गरिएको छ । आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएको र उनीहरु मस्जिदमा नै सेल्फ क्वारेन्टाइनमा बसेको दमक नगरपालिकाका उपप्रमुख तथ प्रवक्ता गीता अधिकारीले जानकारी दिइन् ।बिर्तामोड र दमककोे मस्जिदमा २० जना भारतीय धर्मगुरु एक महिनादेखि आएर बसेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्