बिर्तामोड (प्रस) सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए । हालको कानुन अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पु¥याउनुपर्ने प्रावधान छ ।
अब त्यसमा के–के संशोधन गर्ने भन्ने बारेमा छलफल भए पनि बुँदागत रुपमा अध्यादेश मस्यौदापछि थाहा हुने ती मन्त्रीले बताए । अनलाइखबरबाट ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्