शिवसताक्षी । शिवसताक्षी नगरपालिका ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले संकटको यो बेला घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । वडा अध्यक्ष लगायतको टोलीले घरैमा पुगेर भत्ता दिएपछि तत्काललाई आर्थिक समस्या समाधन भएको ७९ वर्षीय जेष्ठ नागरिक केदार आचार्यले बताए । उनले १२ हजार रुपैयाँ पाएका छन् । फुलमाया राई एकल महिला हुन् । उनले पनि ८ हजार पाइन् । उनि ज्याला मजदुरी गर्ने महिला हुन् । बन्दाबन्दीले घरको खाद्यान्न सकिदा भत्ता आएपछि दिउँला भनेर उधारो ल्याएको चामल लगायत खाद्यन्नको बाँकी तिरेको
उनले सुनाइन् ।
शिवसताक्षी ६ का हुकनाथ सतार ७६ वर्षका भए । सामाजिक सुरक्षा भत्ताले उनको परिवारको गुजारा चल्छ । घरमै सुरक्षा भत्ता पाएपछि खुसी हँदै उनले, हाम्रा वडाध्यक्ष, राम्रो हुनुहुन्छ , हाम्रो दुख बुझ्नु हुन्छ । वडा अध्यक्ष कार्कीले घरैमा भत्ता ल्याइ दिएपछि खुसी हुँदै पुन्यप्रसाद घिमिरेले भने, ‘बुढेसकालमा दुस्ख थियो, वडा अध्यक्षले भत्ता घरमै ल्याइदिनु भयो अहिलेको दुस्ख टर्‍यो ।
शिवसताक्षी ६ का ४८८ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छन् । शिवसताक्षी नगरमा मंसिर यता फागुनसम्मको सामाजिक सुरक्षा भत्ता घरैमा पुर्‍याउने यो वडा पहिलो हो।
भत्ता वितरण गर्न वडाध्यक्ष कार्की, वडा सदस्य बद्री खनाल, नरमाया परियार, उषादेवी खड्का, लक्ष्मी गुरागाईं, नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी सभापति नारायण दाहाल, वडा सचिव नवराज घिमिरे र प्रहरी सहायक निरीक्षक सुनिल चौधरीको टोलीले जेष्ठ नागरिकको घरघरमा पुगेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्