विराटनगर, बैशाख ९ । उदयपुरको भुल्केबाट नेपाली सेनाले संकलन गरेको स्वाब परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार प्रवक्ता डा. विकास देवकोटाले नेपाली सेनाको टोलीले संकलन गरेको स्वाबमध्ये एक जना ३३ वर्षीय पुरुषमा कोरोना देखिएको जानकारी दिए ।यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौंमा परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उदयपुरबाट ३२० जनाको नमुना संकलन गरिएको गरी परक्षण भइरहको छ । जसमध्ये विराटनगरमा ६९ जनाको परीक्षण भइहरेको छ ।

मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो । बाँकी कतिपयको स्वाब परीक्षण भइहरेको तथा विराटनगर र धरानमा भएको परीक्षणको अन्तिम नतिजा आइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।विराटनगरमा गरिएको परीक्षणमा ८ जनामा कोरोना देखिएकोमा उनीहरुको धरानमा पुनः परीक्षण भइरहेकोले त्यसको नतिजा आएपछि मात्र मन्त्रालयले सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्