भद्रपुर, बैशाख ९ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइले मेची अंचल अस्पताल भद्रपुरलाई २० थान पिपिई सेट उपलब्ध गराएको छ ।

देशमा रहेका मुख्य कोरोना परीक्षण हुने अस्पतालहरुमा पिपिइ बाँड्ने कार्यक्रमअन्तर्गत मंगलबार संघका महासचिव निश्चल दाहालमार्फत् मेची अंचलका लागि २० थान पिपिइ सुट वितरण गरिएको हो ।
नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति गणेश पोख्रेल, भद्रपुर नगरपालिका वडा नं ८ र ५ का वडाध्यक्ष क्रमशः मनोज सुब्बा र बन्धु कार्की, कचनकवल वडा नं ६ का युवा नेता नारायण नेपाल र निर्मल दाहाल साथै भद्रपुरका समाजसेवी योगेन्द्र पौडेललगायतको उपस्थितिमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुर, वरिष्ठ फिजिसियन डा. गोविन्द कँडेललाई पिपिइ हस्तान्तरण गरिएको थियो ।

पिपिइ हस्तान्तरणको क्रममा महासचिव दाहालले एनआरएन युएइ च्याप्टर यस विषम परिस्थितिमा युएइमा रहेका नेपालीको लागि मात्र नभएर नेपालमा रहेका सम्पूर्ण देशबासीका लागि पनि उत्तिकै जिम्मेवार भएर सहयोग गर्न तत्पर रहेको बताए । यस अघि सेती अंचल अस्पताल धनगढी, भरतपुर हस्पिटल भरतपुर चितवन र नेपालगंज मेडिकल कलेज कोहलपुरमा क्रमशः २५, २५ र ३८ पिपिइ सेट बाँडिसकिएको महासचिव निश्चल दाहालले बताए । अब बुटवल हस्पिटल , बिराटनगर र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि पिपिइ बाँड्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्