यो लकडाउनको समयमा राज्यले पनि डिजिटल कारोवारलाई प्रोत्साहन गरि रहेको अबस्थामा विगत ९ वर्ष देखी बिर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले यो बेलामा सदस्यहरुले घरमा नै बसेर आफ्नो संस्थाको खाताबाट कुनै पनि बैकमा पैसा पठाउन सक्ने सेवा सुरु गरेको छ । यो महामारीमा पैसा बाट पनि रोग सर्न सक्ने भन्दै सजग रहनु पर्ने अवस्थामा संस्थाले क्यासलेस कारोवारलाई प्रवर्धन गदै आएको छ । शिखर एम बैकबाट यो सेवा लिन सकिन्छ । रियल टाईम बैक ट्रान्सफर सेवा लिदा यस बेला सरकारले सेवा शुल्कमा छुट दिएको संस्थाले जनाएको छ । सेवा र सहयोगलाई संस्थाले उच्च प्राथमिकतामा राखेको छ । यो सेवाले सदस्यहरुले आफ्नो शिखर साकोसको खाताबाट नेपालका धेरै जसो बैकको खातामा पैसा ट्रान्सफर गर्न सकिन्छ । मोवाईल एपबाट संस्थाले विभिन्न सेवा दिदै आएको छ । संस्थाले आईटि समिती समेत बनाएर सदस्यहरुलाई टोल टोलमा प्रावीधिक शिक्ष्ाँ समेत दिदै संस्थाले डिजिटल कारोवारलाई सदस्यहरु माझमा पुर्र्याएको छ । सदस्यहरु पनि डिजिटल कारोबार जान्न उत्सुक रहेका आईटी संयोजक किरण पौडेल बताउनु हुन्छ । शिखर मोवाईल बैकिङ्क मार्फत संस्थाले एसएमएस सेवा, क्युआर भुक्तानी सेवा, बिजुली विल भुक्तानी ,फोन रिचार्ज , एयर टिकट,फन्ट ट्रान्सफर ,वालेट लोड सेवा लगायतका डिजिटल सेवा संस्थाले प्रदान गरि रहेको छ । आजबाट सहकारीबाट बैक वित्तिय संस्थामा रकम आफ्नो खातामा पठाउने संस्थाले सेवा सुरुवात गरे सगै सदस्यहरुले अव सहकारी संस्थामा धेरै भन्दा धेरै सेवा सुविधा पाउनुले संस्था प्रति सदस्यहरुको विश्वास र कारोवार बढने विश्वास लिएका छौ भन्नु हुन्छ संस्थाका अध्यक्ष दिपेन्द्र राउत । सदस्यहरुले यस्ता सेवा लिएर यो कोरोनाको कहर संगै क्यास लेस कारोवार गरेर आफु पनि सुरक्षित र अरु लाई पनि सुरक्षित गराउन समेत संस्था हार्दिक अपिल गर्दछ । सदस्यहरुले आफ्नो मोवाईल एपलाई अपडेट गरेर यो शिखर एम बैक सेवालाई एक्टिभ गर्न सक्नु हुनेछ । काठमाण्डौ स्थित हाम्रो टेक्नोलोजी संगको सहकार्यमा यो सेवा सुरु गरिएको छ भन्नु हुन्छ संस्थाका सचिव हिमालय प्रसाई । सहकारीको भिडमा शिखर साकोस सामाजिक गतिवीधिमा पनि अग्रणी स्थानमा नै आउछ । यो लकडाउनको अवधीमा संस्थाले हप्ताको दुई दिन कार्यलय खोलेर सेवा दिदै आएको छ । नेपाल सरकारको निर्देशनलाई मानेर यो महामारीबाट आफु पनि बाचौं र अरुलाई पनि बचाऔ सुरक्षित घरमा नै बसेर कारोवार गर्न समेत अपिल संस्थाले गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्