दमक,११ बैशाख । प्रदेश १ मा कोरोनाका संक्रमितको संख्या बढेसगै झापाको दमक बजारमा किनमेल र बाहिर हिडडुलमा थप कडाइ गरिएको छ ।

नगरपालिकाले हिजो सार्वजनिक सूचना प्रकाशित गरि हरेक बुधबार र शनिवार मात्रै विहान ११ बजेदेखि २ बजे सम्म अत्यावश्यक किनमेलका लागि समय निर्धारण गरिएको जनाएको छ ।
नगरपालिकामा बसेको सर्वदलीय बैठकले जारी बन्दाबन्दीलाई थप कडाइ गर्ने निर्णय गरेको हो । अब औषधी पसल, स्वास्थ्य उपचार बाहेकका अरु अतिआवश्यक खाद्य बस्तुहरुको बिक्री वितरणका लागि दुई दिन विहान ११ बजे देखि २ बजेसम्म र डेरी पसलहरु भने बिहान ७ देखि ८ बजेसम्म मात्र खुल्ला गर्ने निर्णय भएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए ।
यसअघि हप्ताभरि नै दिनको १० बजे देखि दिउँसो ४ बजेसम्म खुल्ला गरिएको थियो । तर, उक्त समयमा धेरै भीडभाड बढेपछि त्यसलाई नियन्त्रण गर्न किनमेलको समय छोट्याउने निर्णय भएको उनले बताए ।
सामान बिक्री वितरण गर्दा सुरक्षामा अत्यन्तै होसियारी अपनाई ग्राहकसंगको दुरी कायम राखी ब्यवसाय सञ्चालन गर्न र उपभोक्ताले पनि तोकिएको समयमा तोकिएको सुरक्षा ब्यबस्था मिलाई आवश्यक सामान भीडभाड नगरी खरिद गर्न समेत अपिल गर्ने निर्णय भएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्