बिर्तामोड । एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको मिति २०७७।०१।१० मा सम्पन्न संचालक समितिको वैठकले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीको कारणले उत्पन्न असहज परिस्थितिबाट वित्तीय क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गरी यस बैंकबाट कर्जा कारोवार गरी रहेका ऋणीहरुलाई आर्थिक राहत प्रदान गर्ने उद्देश्यका साथ ऋणीले २०७६ साल चैत्र महिनासम्ममा तिर्नु । बुझाउनु पर्ने सवै प्रकारको कर्जाको तिर्न–बुझाउन वांकी रहेको सम्पूर्ण रकम यहि मिति २०७७ वैशाख २० गतेसम्ममा चुक्ता–भुक्तानी गरेमा चुक्ता–भुक्तानी गरेको सम्पूर्ण व्याज रकममा आधारदर भन्दा कम नहुने गरी १० (दश) प्रतिशतका दरले हुन आउने रकमले छुट प्रदान गर्ने निर्णय गरेको छ साथै बैंकको खर्च मितव्ययिता हेतु आगामी ६ महिना अवधिसम्म विभिन्न माध्यमहरुबाट सञ्चालक समितिको वैठक सम्पन्न हुंदा संचालक समितिका पदाधिकारीहरुले प्राप्त गर्ने वैठक भत्तामध्ये ५० प्रतिशत मात्र भत्ता लिने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्