बिर्तामोड, बैशाख १२ । मंगोल नेशनल अर्गनाइजेशनले पूर्व स्वास्थ्य राज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्नेमाथि कानुनी कार्बाहीको माग गरेको छ ।

पूर्व स्वास्थ्य राज्यमन्त्री डा. यादवको अपहरण काण्डमा नेकपा सांसदद्वय महेश बस्नेत , किसन श्रेष्ठ र पूर्व आइजी सर्बेन्द्र खनालको प्रत्यक्ष संलग्न रहेको तथ्य उजागर भइसकेको भन्दै अर्गनाइजेशनले दोषीमाथि कार्वाहीको माग गरेको हो । संगठनका संयोजक वीरलाल राईले आज एक विज्ञप्ति जारी गरी यो घटनाले जनताको सुरक्षामाथि प्रश्न उठेको बताएका छन् । ‘एउटा मन्त्रीको सुरक्षा छैन भने साधारण नेपाली जनताको सुरक्षा कसरी हुन्छ ?’उनले भनेका छन्,‘ जनताको अभिमत लिएको प्रतिनिधिहरु नै अपहरणकारी, गुण्डागर्दीमा संलग्न हुनु, देशको जिम्मेवार सुरक्षा प्रमुख नै संलग्नु हुनु निन्दनीय र आपत्तिजनक छ ।’

राईले जनताको संघर्षबाट प्राप्त राजनैतिक उपलब्धि तहसनहस पार्दै आफू अनुकुलताको दुष्ट नीति रच्ने जोकोही भएपनि त्यस्ता बिरुद्ध संघर्ष गर्न तत्पर हुँदै तयार रहन सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुलाई आव्हान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्