झापा, १३ बैशाख
नेपाल सुनचाँदी व्यवसायी संघ झापाले राहत वितरण कार्यक्रमको लागि स्टल नै बनाए नियमित राहत वितरण गर्न थालेको छ ।
संघले झापाको बिर्तामोडमा विपन्न श्रमिक र आयस्रोत नभएका नगरबासीलाई लक्षित गरी राहत वितरण गरेको हो । हालसम्म १४० भन्दा बढी बिपन्न नगरबासीलाई राहत वितरण गरिसकेको नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष राजु धमलाले जानकारी दिए । उनले राहत नियमित रुपमा दिएर ज्याला मजदुरी गर्ने नगरबासीलाई सहयोग गरिने बताए । यस अघिपनि संघका अध्यक्ष धमलाले व्याक्तिगत रुपमा स्थानियत तहलाई राहत वितरणका सहयोग गरेको जानकारी दिए । हाल राहतको रुपमा १० किलो चामल, १ किलो नुन, दाल र खाने तेल वितरण गरिदै आएको छ । अध्यक्ष धमलाले राहत लिने व्याक्तिको विवरण राखेर दोहोरो नहुने गरी बढी भन्दा बढी बिपन्नलाई राहत वितरण गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्