झापा, बैशाख १३ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले चैत ११ यता जारी लकडाउनलाई एकसाता लम्ब्याउन सिफारिस गरेको छ ।

बैठकमा आवश्यक छलफल र समीक्षापछि समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लकडाउन एक साता लम्ब्याउने सिफारिससहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । समितिले छिमेकी देशहरु खास गरी भारतको अवस्था हेरेर लकडाउनलाई वैशाख २२ गतेसम्म लम्ब्याउने सिफारिस सरकारसमक्ष गरेको हो। समितिको सिफारिसपछि आवश्यक छलफल गरेर भोलि बस्ने मन्त्रिपरिषद्ले थप निर्णय लिनेछ । शनिबार सिंहदरबारमा समितिका अध्यक्ष पोखरेलको अध्यक्षतामा बसेको बैठकले आन्तरिक तथा बाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई उडानमाथि रोक लगाइएको थियो। प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार शनिबार बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई लकडाउनमै राख्ने निर्णय गरेको हो। सचिव बिडारीले लकडाउनको अवधि बढाउने नबढाउने निर्णय मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्