झापा,१४ बैशाख । वीरगन्जमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ आई उपचारका क्रममा मृत्यु भएकी वीरगञ्जकी युवतीको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

युवतीको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशाला पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको नारायणी उपक्षेत्रीय अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए । वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षकी युवतीको आज बिहान मृत्यु भएको थियोे र उनको तीनपटक सम्म आरडीटीमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । युवतीको शव पोष्टमार्टमका लागि अहिले नारायणी अस्पतालमा राखिएको छ । ब्लड क्यान्सरबाट पीडित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो ।

एक महिना अघि क्यान्सर अस्पतालबाट घर फर्किएकी उनलाई हिजो बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले नेशनल मेडिकल कलेजमा लगेकोमा मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्प्टिलमा पुर्याइएको थियो । एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटल लगे । हिजो तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्काे पटकको परीक्षणमा पनि रिपोर्ट पोजिटिभ आएको थियो

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्