भद्रपुर, १५ वैशाख ।
सेवानिवृत्त कर्मचारी समाजले कोरोनाबिरूद्ध लड्नका लागि भद्रपुर नगरपालिकालाई १० हजार ५सय रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण रोजगारी गुमाएका अतिविपन्न परिवारको गाँस जुटाउन समाजले सो सहयोग गरेको हो ।
समाजका अध्यक्ष धनप्रसाद शिवाकोटी तथा सचिव चेतनाथ भट्टराईको नेतृत्वमा गएको टोलीले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई रकम हस्तान्तरण गरेको थियो ।
समाजले दैनिक ज्यालादारीमा जीवन गुजारा गर्दै आएका श्रमिकको गाँस जुटाउन सामाजिक उत्तरदायित्वअन्तर्गत रमक हस्तान्तरण गरेको सचिव भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्