कमल, वैशाख १७ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन झापाको सचिवको जिम्मेवारी युवा राजनीतिकर्मी महेन्द्र भट्टराईले पाएका छन् ।

फाउन्डेसन झापाका संयोजक बुद्धिराज न्यौपानेले फाउन्डेसनको सचिवमा भट्टराईलाई मनोनयन गरेको बताए । केही महिना अघिदेखि फाउन्डेसनको सचिव पद रिक्त थियोे । तत्कालीन सचिव श्यामकृष्ण लम्साल हटेपछि रिक्त रहेको स्थानमा पदपूर्ति गरिएको हो । फाउन्डेसनको नीति अनुरुप सचिवमा भट्टराईलाई मनोनयन गरिएको संयोजक न्यौपानेले बताए ।

कमल गाउँपालिका — १ निवासी भट्टराई विद्यार्थी नेता हुन् । कोटेश्वर क्याम्पस काठमाडौंको स्ववियु सभापतिसमेत रहेका भट्टराई नेविसंघको गत महाधिवेशनमा एक मत कम हुँदा केन्द्रीय सदस्य हुनबाट चुकेका थिए । सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय भट्टराईलाई दक्षताका आधारमा जिम्मेवारी दिइएको फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्