झापा, बैशाख १७ । आज थप चार जनामा कोरोना भाइरस रोगको संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा चार पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो । संक्रमित चारलाई नारायणी अस्पताल बीरगञ्ज लाने तयारी भएको छ । चारमध्ये एक जना वीरगञ्ज महानगरपालिकामा सरसफाई गर्ने कर्मचारी रहेका छन् । कर्मचारीको उमेर भने खुलेको छैन । बाँकी ५०, ४६ र ३१ बर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो दुई जना बारा र दुई जना पर्साका रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । बीरगञ्जको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक र सिमरा क्वारेन्टाइनमा भएका २ गरी थप ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्