शिवसताक्षी, वैशाख १७ । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले स्वास्थ्य सामग्री र प्रहरीलाई इन्धन खर्च उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ ।

आज शिवसताक्षी कांग्रेसले अस्थायी प्रहरी चौकी माइधार र नगरको स्वास्थ्य शाखालाई सहयोग उपलब्ध गराएको हो ।
नेपाली कांग्रेस शिवसताक्षी —११ का वडा सभापति अशोक बस्नेतले दिएको जानकारी अनुसार सतासीधाम स्वास्थ्य केन्द्र दुधे पुगेर एक हजार थान ग्लोब्स्, तीन सय थान मास्क, १० थान ठूलो डिटोल साबुन, २५० एमएलको १० थान सेनिटाइजर हस्तान्तरण गरिएको छ । ती सामग्री स्वास्थ्य शाखा इञ्चार्ज हरिप्रसाद विमली र सञ्जय ठकुरीलाई हस्तान्तरण गरिएको शिवसताक्षी — ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए ।

त्यसैगरी अस्थायी प्रहरी चौकी माइधार पुगेर दुई सय थान ग्लोब्स्, ५० थान मास्क,२५० एमएलको दुई थान सेनिटाइजर, पाँच थान ठूलो डिटोल साबुन र २५ लिटर इन्धन बराबरको रकम हस्तान्तरण गरिएको हो । उक्त सामग्री प्रहरी चौकीका असई इन्द्रबहादुर थापा मगरलाई हस्तान्तरण गरिएको नेपाली कांग्रेस शिवसताक्षीका उपसभापति बिनोद ढकालले बताए । नेपाली कांग्रेस शिवसताक्षी नगर सभापति पर्शुराम ढुंगानाको नेतृत्वमा गएको कांग्रेसका स्थानीय नेताहरू दुर्गा भट्टराई, रमेश राई , सन्त फेउदेन,होम दुलाल,लक्ष्मी योङ्हाङलगायतको टोलीले ती सामग्री हस्तान्तरण गरेको जनाइएको छ ।
शिवसताक्षी कांग्रेसले नगरपालिकाको विपद व्यवस्थापन कोषमा एक लाख ६५ हजार नगद,झिलझिले र शिवगञ्ज इप्रका तथा मंगलबारे प्रहरी चौकीलाई स्वास्थ्य सामग्री र इन्धन वापतको रकम हस्तान्तरण गरिसकेको छ ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्