कमल, बैशाख १७ । सरकारले प्रदान गर्ने राहत सामग्री विभिन्न बहानामा पाउनबाट बन्चित भएका कमल गाउँपालिकाबासीका विपन्न नागरिकहरुलाई स्थानीय युवा अगुवा हुकुमसिंह राईले आजदेखि घरघरमा अति आवश्यक खाद्यान्न पुर्याउन सुरु गरेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत रहेका सोही गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी राईले २० केजी चामल, नुन, दाल, सोयाबिन र साबुनसहितको राहत प्याकेज प्रदान गर्न सुरु गरेका हुन् । सो गाउँपालिकाको ४ नम्बर वडामा नागरिकता भएका तथा टिनको छानो भएका जस्ता विभिन्न कारण देखाएर स्थानीय सरकारले राहत नदिँदा समस्या भोगिरहेका करिब आधा दर्जन परिवारलाई पार्टीको स्थानीय नेतृत्वमार्फत आज घरमै खाद्यान्न उपलब्ध गराएका हुन् । उनले गाउँपालिकाले सयौ परिवारलाई राहतबाट बन्चित गरेको हुँदा आफूले तत्काल ११० परिवारलाई त्यस किसिमको राहत प्रदान गर्ने योजना बनाएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्