झापां, १८ बैशाख । कोभिड १९ प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार १९४ पुगेको छ ।

वल्डमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३२ लाख १९ हजार २४० पुगिसकेको छ, भने १० लाख १०१ जना निको भइसकेका छन् । यसैबीच, १२ लाख २८ हजार २९५ वटा कोरोना केसहरु बन्द भइसकेका छन् भने १९ लाख ९० हजार ९४५ वटा केसहरु एक्टिभ छन् ।

यो समाचार तयार पार्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबैभन्दा बढी ६१ हजार ६५६ ले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या १० लाख ६४ हजार १९४ पुगेको छ । जसमध्ये १ लाख ४७ हजार ४११ जना निको भइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्