भद्रपुर, १८ वैशाख ।
भद्रपुर जेसीजले अति विपन्न परिवारका लागि गाँस जुटाउन भद्रपुर नगर सरकारलाई ४५० किलो चामल सहयोग गरेको छ । १० वटा वडा रहेको भद्रपुरमा जेसीजले ६ नम्बर वडा बाहेकका १ देखि १० सम्मका ९ वटा वडालाई ५० केजीका दरले चामल सहयोग गरेको हो । यस्तै ६ नंम्बर वडालाई भने २५ केजी दाल र २०० केजी नुन सहयोग गरेको महासचिव खिलनाथ पाण्डे निकासले जानकारी दिएका छन् ।
जेसीजका पदाधिकारीहरूबाट ६५०००।— (पैसठ्ठी हजार) र भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रमाया श्रेष्ठले रु १०,०००।— (दश हजार) गरी रू ७५,०००।— (पचहत्तर हजार) बराबरको खाद्यन्न नगर सरकारलाई सहयोग गरेको हो । वडा वडामा गएर खाद्यन्न सामग्री हस्तान्तरण गरिएको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर जेसीजका अध्यक्ष डिल्लीराम पोखरेल, महासचिव खिलनाथ पाण्डे निकास लगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्