राजगढ, बैशाख १८ । कोरोना संक्रमण पुष्टि भएका बाह्रदशी— ४ का ४९ वर्षीय पुरुषको सम्पर्कमा आएका ६३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको स्वाब नमुना परीक्षणमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले बताए । बाह्रदशी –४ का ती पुरुषमा गत आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा मंगलबार जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको चिकित्सकसहितको टोलीले ६३ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । उनीहरु सबैको थ्रोट स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको थियो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला विपद समिति सहायता कक्षका फोकल पर्सन जीवन चौलागाईँले बताए । आज दिउँसो सबैको रिपोर्ट आइपुगेको उनले जानकारी दिए ।

मुस्लिम धर्मगुरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बाह्रदशी ४ को सिंगो वडाका साथै छिमेकी ३ र ५ नं वडाका केही भूभाग सिल गरिएको छ । निशेधित क्षेत्र हटाउने बिषयमा छलफल गर्न भोलि गाउँपालिका, जिल्ला र प्रदेशका प्रतिनिधिहरुको बैठक बोलाएको अध्यक्ष राजवंशीले बताए । उनले संक्रमितको सम्पर्कमा आएका थप ब्यक्तिहरुको परीक्षण गर्नु पर्ने नपर्ने बिषयमा टुंगो लागेपछि मात्र सिल हटाउने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्