मेचीनगर, १९ मंसिर । झापाको मेचीनगरमा कुल २ सय ९ जनाको कोरोना भाइरसको एन्टीबडी परीक्षण गरिएको छ ।

फाइल तस्वीर

नेपालका विभिन्न जिल्लामा संक्रमण बढ्दै गएपछि मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईले बताइन् ।
उनका अनुसार १ नम्बर प्रदेशको स्वास्थ्य टोलीले ७० र नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले १ सय २० गरी कुल १ सय ९० जनाकोे र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको हो । उनीहरु सवैको रिपोर्ट नेगेटिभ आएको छ । यसैगरी १९ जनाको पीसीआर माध्यमबाट थ्रोट स्वाब संकलन गरी परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

मेचीनगर नगरपालिका कार्यालय

शाखा संयोजक राईका अनुसार प्रदेशस्तरीय स्वास्थ्यकर्मीको टोलीले नगरका १२ जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर माध्यमबाट परीक्षण गरेको थियो । बिहीबारमात्र नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले वडानम्बर २ मा ३, तथा १३ र १४ नम्बर वडाका २—२ गरी कुल ७ जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर माध्यमबाट परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर नमूना पठाएको छ । शाखाले २ महिला र ५ पुरुषको नमूना संकलन गरी परीक्षणका लागि विराटनगर पठाएको हो । उनीहरु सवै दुवइ, कतार, अमेरिकाबाट आएर सुरक्षितरुपमा होम क्वारेन्टाइनमा बसेका थिए । प्रदेशको टोलीले संकलन गरेको नमूना पीसीआर माध्यमबाट परीक्षण गर्दा सवै रिपोर्ट नेगेटिभ आएको थियो । स्वास्थ्य शाखाले पठाएको नमूनाको रिपोर्ट भने आउन बाँकी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्