झापां,१९ बैशाख । नेपालगञ्जमा पनि कोरोना भाइरस रोगको संक्रमण देखिएको छ ।

भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिएको हो । भेरी अस्पतालमा परीक्षण गर्दा २ जनाको रिपोर्ट शंकास्पद आएपछि थप निर्क्योल गर्न स्वाब पुनः पीसीआर परीक्षण गर्दा एक जनालाई कोरोना पोजेटिभ देखिएको हो भने अर्काे स्वाब परीक्षणकै क्रममै रहेको छ ।

योसंगै कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । हालसम्म १६ जना निको भएका छन् । विराटनगरमा ३१,वीरगञ्जमा ८,भरतपुरमा १ र धनगढीमा १ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्