झापा ,१९ बैशाख । आजै थप दुई जनामा कोरोना भाइरस रोगको संक्रमणको पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले दुई जनामा संक्रमणको पुष्टि भएको जानकारी दिए । उनका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा एक र रुपन्देहीका एक जनामा कोरोना पुष्टि भएको हो । नेपालगञ्जका ६० वर्षका पुरुष र रुपन्देहीका २५ वर्षका पुरुष रहेको उनले बताए । संक्रमितहरुको विस्तृत विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । हालसम्म १६ जना निको भए घर फर्किएका छन् । विराटनगरमा ३१,वीरगञ्जमा ८,भरतपुरमा १ र धनगढीमा १ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्