बिर्तामोड, बैशाख १९ । झापाको बिर्तामोडमा आज एक नवजात शिशुसहित दुईजनाको बेवारिसे शव फेला परेको छ ।

बिहान ११ बजेतिर बिर्तामोड— ३ बिर्ताबजारमा अन्दाजी ५ महिनाको सालनाल सहितको नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको हो । घट्नास्थलमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोलि खटिएर आवश्यक अनुसन्धान शुरु गरेको र शवलाई पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाईएको प्रहरीले जनाएको छ ।

त्यस्तै बिर्तामोड— ५ बिएण्डसि अस्पताल अगाडि नाम थर वतन नखुलेको खैरो रंगको ट्राउजर, सेतो रंगको सेन्डो भेष्ट लगाएको हेर्दा तराइवासी जस्तो देखिने . करिव ४० वर्षको मागि खाई हिड्ने पुरुष मृत अवस्थामा फेला परेका छन् । ती ब्यक्तिको लाशको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाईएको बिर्तामोड प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्